• २०८१ बैशाख १६ आइतबार

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा राजीनामा

kharibot

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।

गत बैशाखमा माओवादी र कांग्रेसबीच ६ महिनामा सत्ता हस्तान्तरण गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलन गरेर राजीनामा गरेको घोषणा गरेका छन् । शाहीले गठबन्धनमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन आफुहरुको सहयोग हुने स्पष्ट गरेका छन् । 

शाहीलाई राजीनामा दिन नेपाली काँग्रेसले निरन्तर दबाब दिएको थियो । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पछि काँग्रेसले सहजरुपमा सत्ता हस्तान्तरण नगरे सर्मथन फिर्ता लिने चेतावनी दिएपछि उनले राजीनामा दिएका हुन् ।

केन्द्रमा रहेको गठबन्धनका आधारमा मुख्यमन्त्री माओवादीले नै पाउने भनेर माग गरे पनि केन्द्रभन्दा यहाँको सहमति ठूलो भएको भन्दै काँग्रेस नेता जीवनबहादुर शाहीले तत्काल राजीनामा दिन माग गर्दै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै