पिएसजीको जितमा नेइमारको दुई गोल, कभानीले बनाए यस्तो रेकर्ड 

खरीबोट

काठमाडौँ । फ्रेन्च लिगमा पिएसजीले सजिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा पिएसजीले मोन्टपिल्लीयरलाई ४-० को जित हासिल गरेको छ । 

पिएसजीको जितमा नेइमारले दुई गोल गरेका छन् भने एडिसन कभानीले एक तथा एन्जल डी मारीयाले एक गोल गरेका छन् ।

यस खेलमा गोल गर्दै एडिसन कभानी पिएसजीक लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । कभानीले यस अघि जलाटन इम्ब्रहिमोविचले बनाएको १५६ गोलको रेकर्डलाई तोड्दै पिएसजीका लागि सर्वाधिक गोल गरेका हुन् ।

त्यस्तै यसै सिजन पिएसजी गएका नेइमारले फ्रेन्च लिगमा कुल १७ गोल गरेका छन् ।

यो जितसँगै पिएसजी फ्रेन्चलिगमा २३ खेलमा ५९ अंकसहित दोस्रो स्थानमा रहेको लियोनसँग ११ अंकको अग्रता हासिल गरेको छ ।
 

सम्बन्धित समाचार

मोनाकोमाथि पिएसजीको सहज जित, कभानीको हयाट्रिक 

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले मोनाकोलाई पराजित गरेको छ।  गएराती भएको खेलमा पिएसजीले मोनाकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो।  पिएसजीको जितमा एडिसन कभानीले हयाट्रिक गरेका थिए भने एक गोल नेइमारले

पिएसजीको नयाँ रेकर्ड, फ्रेन्च लिगमा लगातार १२औ खेल जित्यो 

काठमाडौँ। फ्रेन्च लिग वान क्लब पिएसजीले युरोपको लिगमा नयाँ रेकर्ड जित हासिल गरेको छ।  गएराती भएको लिगको लिलविरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित गर्दै लिगमा लगातार १२ खेल जित्दै सो

च्याम्पियन्स लिगमा पिएसजी संघर्षरत, एन्जल डि मारियाले गोल गर्दै अंक खोसे 

काठमाडौँ। घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरेको फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिगमा यस सिजनमा पनि संघर्ष गरिरहेको छ।   गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब नापोलीविरुद्धको खेलमा एन्जल डि मारियाको अन्तिम

पिएसजीको जितमा एम्बाप्पेको ४ गोल, बनाए यस्तो रेकर्ड 

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार नवौ खेलमा जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले लियोनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।  पिएसजीको जितमा किलियन एम्बाप्पेले ४ गोल गरेका थिए


z