काठमाडौँ । फ्रेन्च लिगमा पिएसजीले सजिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा पिएसजीले मोन्टपिल्लीयरलाई ४-० को जित हासिल गरेको छ ।
पिएसजीको जितमा नेइमारले दुई गोल गरेका छन् भने एडिसन कभानीले एक तथा एन्जल डी मारीयाले एक गोल गरेका छन् ।
यस खेलमा गोल गर्दै एडिसन कभानी पिएसजीक लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । कभानीले यस अघि जलाटन इम्ब्रहिमोविचले बनाएको १५६ गोलको रेकर्डलाई तोड्दै पिएसजीका लागि सर्वाधिक गोल गरेका हुन् ।
त्यस्तै यसै सिजन पिएसजी गएका नेइमारले फ्रेन्च लिगमा कुल १७ गोल गरेका छन् ।
यो जितसँगै पिएसजी फ्रेन्चलिगमा २३ खेलमा ५९ अंकसहित दोस्रो स्थानमा रहेको लियोनसँग ११ अंकको अग्रता हासिल गरेको छ ।