• २०८१ बैशाख २२ शनिबार

भारतले बनाएको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई डब्लुएचओको मान्यता

kharibot

काठमाडौँ । भारतले बनाएको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

भारत बायोटेकले बनाएको खोप कोभ्यक्सिनलाई डब्लुएचओले बुधबार आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

गतबर्ष नै बनेको यो खोपले डब्लुएचओको अनुमति अहिलेसम्म पाएको थिएनन् । यस अघि भारतले अक्फोर्डको खोपसँग सहकारी गरेर कोभिशिल्ड उत्पादन गरेपनि 'कोभ्याक्सिन' भारतकै पहलमा बनेको एक मात्र खोप हो ।

डब्लुएचओले १८ बर्षभन्दा माथिको उमेर समुहलाई चार साताको अन्तरालमा दुइ डोज लगाउन मिल्ने गरि अनुमति दिएको छ ।

मंगलबार मात्र यस खोपको प्रयोग निर्माणपछि एक बर्षसम्म गर्न सकिने विषयमा भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले अनुमति दिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै