• २०८१ बैशाख १५ शनिबार

डब्लुएचओले पुष्टि गर्यो यौन सम्पर्कबाट पनि मंकीपक्सको संक्रमण

kharibot

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलो पटक यौन सम्पर्कबाट पनि मंकीपक्स सर्ने पुष्टि गरेको छ । अफ्रिकी देश कंगोमा अहिले मंकीपक्सको संक्रमण ठूलो मात्रामा फैलिरहेको छ । अफ्रिकी वैज्ञानिकहरूले यसलाई अहिले नै नियन्त्रण गरिएन भने यो निकै खतरनाक हुनसक्ने चेतावनी दिएका छन् । डब्लुएचओले मंकी पक्स यौन सम्पर्कबाट पनि सर्ने पुष्टि गरेको छ ।

बेल्जियमका व्यक्ति मार्चमा कंगो गएका थिए र मंकीपक्सको लागि पोजेटिभ भएका थिए, डब्ल्यूएचओले भन्यो । डब्ल्यूएचओले संक्रमित व्यक्ति समलिङ्गी भएको र कङ्गोका धेरै व्यक्तिसँग शारीरिक सम्बन्ध रहेको बताएको छ । डब्ल्यूएचओले बेल्जियमका पुरुषसँग शारीरिक सम्बन्ध राख्ने अन्य पाँच व्यक्तिमा पनि मंकी पक्सको सङ्क्रमण देखिएको जनाएको छ । यसैको आधारमा डब्लुएचओले यौन सम्पर्कबाट पनि मंकी पक्सको संक्रमण फैलिन सक्ने पुष्टि गरेको छ ।

यसअघि यो दाबीलाई खारेज गरिए पनि यौन सम्पर्कबाट मंकी पक्स सर्ने यो पहिलो प्रमाण भएको वैज्ञानिकहरू बताउँछन् । मंकीपक्स मध्य र पश्चिमी अफ्रिकामा विगत केही दशकदेखि महामारीको रूपमा रहेको छ र यो सामान्यतया मुसाबाट मानिसमा सर्छ । गत वर्ष, युरोप र डब्ल्यूएचओ लगायत १०० भन्दा बढी देशहरूमा मंकीपक्सका केसहरू रिपोर्ट गरिएको थियो र यसलाई विश्वव्यापी आपतकाल घोषणा गरिएको थियो । हालसम्म मंकीपक्सबाट संक्रमित हुनेको संख्या ९१ हजार नाघेको छ । कंगोमा मात्रै यस वर्ष १२ हजार ५०० मंकीपक्सका घटनाहरू रिपोर्ट गरिएका छन् र ५८० बिरामीको मृत्यु भइसकेको छ र यो कंगोमा सबैभन्दा ठूलो महामारी बनेको छ ।

मंकीपक्स एक भाइरस संक्रमण रोग हो, जो संक्रमित व्यक्ति र जनावरसंग सम्पर्कबाट फैलिन्छ । यो अर्थोपक्सभाइरससँग सम्बन्धित छ र बिफर जस्तै लक्षणहरू छन् । यसको लक्षण सामान्यतया संक्रमण भएको एक हप्ता भित्र देखिन थाल्छ । यसमा पीडितलाई ज्वरो आउने, शरीरमा दाग लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने जस्ता समस्या हुन सक्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै