• २०८१ बैशाख २० बिहीबार

आक्रमणमा बाँच्न सफल इराकी प्रधानमन्त्रीद्वारा शान्ति वार्ताका लागि आह्वान

kharibot

बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् ।

अल-काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै "कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरूको लागि राम्रो भविष्य सृजना गर्न सकिने बताउँदै सबल र सुन्दर मातृभूमि निर्माण गर्न सबै पक्षसँग आग्रह गर्नु भएको छ ।

"म सबै पक्षहरूलाई इराक र यसको भविष्य निर्माण गर्न शान्ति वार्ताको सहारा लिन आह्वान गर्दछु," अल-काधिमीले आफ्नो भाषणमा उल्लेख गरेका छन् । बिहानको समयमा अल-काधिमी इराकी सरकार र विदेशी दूतावासका केही मुख्य कार्यालयहरू रहेको बलियो सुरक्षायुक्त ग्रीन जोन स्थित उहाँको निवासमा बुबी-ट्रप ड्रोनद्वारा आक्रमण गरिएको थियो ।

गत महिनाको चुनावी नतिजालाई अस्वीकार गर्ने राजनीतिक दलका अनुयायीहरूले गरेको विरोधको बीचमा हत्याको प्रयास भएको हो । शुक्रबार प्रदर्शनले ग्रीन जोनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूसँग झडपको  उग्र रूप लिएको थियो जसमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

गत अक्टोबर १० मा भएको संसदीय चुनावको मतपरिणामबाट असन्तुष्ट राजनीतिक दलहरूले चुनावमा धाँधली भएको र ‘बनावटी परिणाम’ स्वीकार नगर्ने भन्दै विरोध गर्दै आएका छन् । इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले राजनीतिक दलहरूद्वारा पेश गरिएका अपील र गुनासोहरूलाई विचार गरिरहेको बेला राजधानी बगदादलगायत इराकी शहरहरूमा चुनावी परिणामहरूलाई अस्वीकार गर्ने राजनीतिक दलहरूका अनुयायीहरू सडकमा आन्दोलित छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै