• २०८१ बैशाख १६ आइतबार

उल्टो हावा चल्ने हाम्रो सौर्यमण्डलबाहिरको ग्रह फेला पर्‍यो !

kharibot

खगोल । क्यानडाका खगोलशास्त्रीहरुले पृथ्वीदेखि ९३० प्रकाश वर्ष टाढा रहेको ग्यासयुक्त एक्सोप्लानेटमा महत्वपूर्ण स्थानको खोजी गरेका छन् ।

यो खोजले हाम्रो सौर्यमण्डलदेखि बाहिर पाइने यस्ता ग्रहहरुप्रति वैज्ञानिकको धारणालाई नै चुनौती दिने खालको रहेको छ । सीओआरओटी २बी ग्रहको खोज एक दशकअघि नै फ्रान्सको नेतृत्वमा अन्तरिक्ष निगरानी मिसनले गरेको थियो । यो ग्रहलाई हट जुपिटर पनि भनिन्छ । 

बृहस्पतिको विपरीत तथाकथित हट जुपिटर आफ्नो तारासँग आश्चर्यजनक रुपमा नजिक हुन्छ । कहिलेकाहीँ त यति नजिक हुन्छ कि आफ्नै तारालाई चक्कर लगाउन पनि तीन दिन पनि कम समय लाग्छ । यो ग्रहमा पूर्वोत्तरको नजिकबाट जाने तेज हावा चल्छ । क्यानडामा म्याकगिल युनिभर्सिटीका खगोल वैज्ञानिकले शोधका बेला सीओआरओटी २बी एक्सोप्लानेटलाई आफ्नो स्थितिभन्दा विपरीत दिशा पश्चिमतिर पाइयो । 

म्याकगिलका एक वैज्ञानिक निकोलस कोवानका अनुसार उनीहरुले यस्तै नौ वटा अन्य हट जुपिटर (ताता बृहस्पति) ग्रहहरुको पनि अध्ययन गरेका छन् । जसले आफ्ना ताराहरुको नजिकैबाट परिक्रमा गर्छन् । सबै ग्रहमा पूर्वनजिकैबाट हावाहरु चल्छन् । तर यो ग्रहमा हावाहरु उल्टो दिशामा चल्ने गर्छन् । जुन अपवाद हो ।

यो अध्ययनबाट हट जुपिटर्सको ताराहरुको चक्कर लगाउने प्रक्रियाबारे जान्न धेरै मद्दत मिल्छ । यो खोज नेचर एष्ट्रोनमी पत्रिकामा प्रकाशित छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै