काठमाडौँ । हलिवुड अभिनेता एलेक बाल्डविनले आफुले गनको ट्रिगर नदबाएको बताएका छन् ।
फिल्मको एक सेटमा अभिनेता बाल्डविनले गल्तीले चलाएको गोली लागेर सिनेमेटोग्राफर हल्यान हचिन्सको मृत्यु भएको थियो भने फिल्मका निर्देशक जोएल सोउजा घाइते भएका थिए ।
अभिनेता बाल्डविनले एक अन्तर्वार्तामा आफुले गनको ट्रिगर नदबाएको बताएका हुन् ।
उनले भनेका छन्- 'मैले कसैमाथि बन्दुक ताक्न नै सक्दिन, त्यसमा मैले ट्रिगर दबाएको नै छैन । कसैले बन्दुकमा असली गोली राखेको रहेछ, जुन त्यहाँ नहुनुपर्ने थियो ।'
अक्टोबर २१ मा अमेरिकाको न्यू मेक्सिकोमा सो घटना भएको थियो ।
अमेरिकाको न्यू मेक्सिकोको फिल्म सेटमा अभिनेता बाल्डविनले गल्तीले गोली चलाउदा ४२ बर्षिय सिनेमेटोग्राफर हल्यानको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा ४८ बर्षिय निर्देशक जोएल सोउजा पनि घाइते भएका थिए ।
फिल्म सेन्टा फे सेरिफ फिल्मको सेटमा भएको सो घटना अभिनेता वाल्डविनको लापरवाहीले भएको बताइएको थियो । फिल्ममा प्रयोग गर्ने पेस्तोल चलाउदा गोली लागेपछि सिनेमेटोग्राफर हल्यानलाई हेलिकप्टरबाट अस्पताल लागिएको भएपनि उनको ज्यान बचाउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
हलिवुडमा धेरै जसो फिल्ममा असली समानको प्रयोग गरिने हुनाले यस्तो घटना घटेको बताइएको छ ।