• २०८१ बैशाख १६ आइतबार

काठमाडौंको कागेश्वरी मनोहराबाट ८ जुवाडे पक्राउ

kharibot

 काठमाडौं । जिल्लाको कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । 

उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै