• २०८१ बैशाख १७ सोमबार

सांघाई बन्यो ठुलो मेट्रो रेल नेटवर्क भएको शहर

kharibot

काठमाडौँ । चीनको सांघाईमा बिहीबार नयाँ चालकविहीन मेट्रो लाइन खोल्न लागिएको छ । चालकविहीन प्रविधिले सुसज्जित मेट्रो लाइनहरूको संख्या पाँचमा थपिन लागेको हो ।

सांघाईको लाइन १८ फेज १ को उत्तर खण्ड, जसले मुख्यतया सहरको उत्तरी पुडोङ नयाँ क्षेत्र र उत्तरपूर्वी याङ्पु जिल्लालाई समेट्नेछ, लाई पनि बिहीबार शुरुवात गरिदै छ । यसको दक्षिण खण्ड गत डिसेम्बरमा खोलिएको थियो ।

योसँगै अब सांघाईमा सबै मेट्रो लाइनको कुल लम्बाई ८३१ किलोमिटर हुने भएको छ । यसले सांघाईलाई विश्वकै ठुलो मेट्रो नेटवर्क भएको शहर बनाएको छ । यसपछि सांघाईमा कुल २० मेट्रोका ५०८ मेट्रो स्टेशन संचालनमा हुने छन् ।  

यसमा १६७ किलोमिटर चालकविहीन मेट्रो लाइनहरू रहेका छन् भने सांघाई पहिलो पटक चालकविहीन मेट्रोमा पहिलो स्थानमा रहने छ ।

नयाँ जोडिएका मेट्रोको ३८ किलोमिटर लाइन १४ सांघाईका केही मुख्य क्षेत्रहरू लगायत जियाडिङ, पुटुओ, जिंगआन, हुआङ्गपु जिल्लाहरू र ३१ वटा स्टेशनहरू भएको पुडोङ नयाँ क्षेत्रबाट जाने ग्लोबल टाइम्सले बताएको छ ।

शहरका केही प्रख्यात पर्यटकीय आकर्षणहरू र डाउनटाउनका स्थलचिन्हहरू, जिंगआन मन्दिर र लुजियाजुईसहित मेट्रो लाइनको पहुँचमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै