• २०८१ बैशाख २५ मंगलबार

राष्ट्रिय युवा परिषद्‌को उपाध्यक्षमा माओवादी नेता बस्नेत नियुक्त

kharibot

काठमाडौं । राष्ट्रिय युवा परिषद्‌को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बस्नेत माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष एवं माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश कमिटीका सचिव हुन् । 

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । उपाध्यक्ष पदमा नियुक्तिकालागि १२ जनाले आवेदन दिएका थिए  जसमध्येबाट बस्नेत उपाध्यक्षमा नियुक्त भएका हुन् । 

गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए । सोही समितिको सिफारीसको आधारमा मन्त्रिपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै