• २०८१ बैशाख १५ शनिबार

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, आजको पुलिसविरुद्धको खेल स्थगित

kharibot

फाइल तस्बीर

काठमाडौँ । च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको आइतबार हुने शहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको छ 

अखिल नेपाल फुटबल संघले च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको जानकारी दिएको हो ।

च्यासलले एन्फालाई आफ्ना १९ खेलाडीमा कोरोना पोजेटिभ देखिएको भन्दै एनपीसीविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो ।

एन्फाको लिग कमिटीले मेडिकल कमिटीको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलको नयाँ मिति छिट्टै तय हुने एन्फाले जनाएको छ ।

दशरथ रंगशालामा आइतबार दिउँसो ४ बजेर ४५ मिनेटमा च्यासल र पुलिसबीच खेल्ने तालिका थियो ।

हाल लिगमा नेपाल पुलिस क्लब ८ खेलमा ७ अंकसहित ११औं स्थानमा रहेको छ भने च्यासलको ८ खेलमा ५ अंक रहेको छ र हाल रेलिगेसन जोनमा रहेको छ ।

एन्फाले सोमबार न्युरोड टिम र जावलाखेल युथ क्लबबीचको खेल तालिका अनुसार हुने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै