• २०८३ बैशाख २३ बुधबार

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलिया पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलिया पक्राउ

काठमाडौँ । नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पतालबाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने नक्कली पिसिआर रिपोर्ट बनाउने कर्मचारी र बिचौलिया पक्राउ परेका हुन् ।

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीले नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्टसहित पक्राउ गरिएको छ ।

त्यस्तै प्रहरीले कान्तिपुर अस्पतालका ल्याबका कर्मचारी माधव मैनालीलाई समेत पक्राउ गरेको छ ।  प्रहरीले हाल दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी  तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य गरिरहेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै