• २०८१ बैशाख १५ शनिबार

प्रदेश ७ को सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित

kharibot

धनगढी । प्रदेश नम्बर ७ को सभामुखमा बझाङबाट प्रदेशसभा सदस्यमा विजयी नेकपा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । 

२१ गते बसेको प्रदेश नम्बर ७ को पहिलो प्रदेश बैठकले सभामुखको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता मिति तय गरेको थियो ।

मनोनयनको समय ५ बजेसम्मको रहेकोमा थापाको मात्रै उम्मेदवारी परेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । थापालई प्रदेशसभा सदस्यहरु दीर्घ सोडारीको प्रस्तावमा माओवादीका प्रदेश सदस्य त्रिलोचन भट्टले समर्थन गरेका थिए ।

थापा बझाङ १ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । वि.स. २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गर्नुभएका थापा वि.स. २०५६ को आम चुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै