• २०८१ बैशाख १६ आइतबार

राष्ट्रिय महिला फूटबल लिग चितवन र विराटनगरमा हुने

kharibot

काठमाडौं । राष्ट्रिय महिला फूटबल लिगको पहिलो चरण चितवन र दोस्रो चरण विराटनगरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  महिला लिगलाई मोफसल लैजादै दुई सहरमा आयोजना गर्ने निर्णय गरेको हो । 

सोही अनुसार एन्फाले दुबै सहरका सरोकारवाला पक्षसँग सम्झौता गरिसकेको छ । एन्फा र विराटनगर  महानगरपालिकाबीच लिगको दोस्रो चरण विराटनगरमा गर्ने र लिगको उत्कृष्ट पाँच टोली र प्लेअर अफ म्याचलाई महानगरपालिकाले ४५ लाख रुपैयाँ दिने सम्झौता भएको हो ।

लिगको दोस्रो चरणका खेलहरू विराटनगरको सहिद रंगशालामा हुनेछ । एन्फाले पहिलो चरणका खेल गर्नका लागि भरतपुर महानगरपालिका चितवनसँग सम्झौता गरेको थियो । भरतपुरले एन्फालाई पहिलो चरणको खेल सञ्चालन गर्न एन्फालाई २० लाखको सहयोग गरेको छ ।

प्रतियोगिताको मिति भने अझै तय भएको छैन । १५ माघदेखि सुरू गर्ने भनिएको प्रतियोगिता कोभिड-१९ को कारण एन्फाले अनिश्चित समयका लागि स्थगित गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै