• २०८१ बैशाख १७ सोमबार

एमसीसी पास गर्ने कुरामा सहमति छैन- माधव कुमार नेपाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् ।

उनले एमसीसी पारित गरे सरकार 'जे हुन्छ हुन्छ' भन्ने प्रतिक्रिया जनाए । 

आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । 

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ छ ।

माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो । उनले भने 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।' 

हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै