• २०८१ बैशाख २० बिहीबार

लिड्समाथि लेस्टर सिटीको जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले लिड्स युनाइटेडमाथि जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।

लेस्टरको जितमा खेलको ६७औं मिनेटमा हार्भी बार्नेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि लेस्टर सिटीको २५ खेलमा ३३ अंकसहित १०औं स्थानमा उक्लिएको छ ।

त्यस्तै लिड्स युनाइटेडको २३ खेलमा २३ अंकसहित लिगको १६औँ स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै