युरोप । एउटा चार खुट्टे रोबोटले आफ्नै बुद्धि लगाएर ढोका खोलेको भिडियो अहिले सामाजिक सञ्जाल र अनलाइन आउटलेटहरुमा भाइरल बनिरहेको छ । कुकुरजत्रै आकारको उक्त रोबोट बोस्टोन डाइनामिक्सले विकास गरेको हो ।
अचम्म लाग्ने कुरा त यसले आफ्नै बुद्धिले ढोका खोल्छ र आफूजस्तै अर्को रोबोटलाई ढोकाभित्र पठाएर त्यसपछि आफू भित्र छिर्छ । यसले ढोका खोल्दा अपनाएको बुद्धि र यसको शारीरिक क्रियाशीलता निकै चाखलाग्दो रहेको छ ।
विश्वमा सूचना प्रविधिको विकाससँगै रोबोटले मानिसलाई नै विस्थापन गर्नसक्ने चेतावनी बेलाबखत विज्ञहरुले दिने गरेकोमा यस्ता रोबोटहरुको विकास तीव्र रुपमा गरिनथालेको छ ।
तर जे भए पनि पछिल्लो समय रोबोट मानवीय कार्यको निकै सहयोगी भने भएको छ । विश्वमा रोबोटको प्रयोग बढ्दै जाँदा यसले मानिसको रोजगारी समेत खोस्ने अड्कलबाजी गरिएको छ ।