• २०८१ बैशाख १५ शनिबार

इराकस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ मिसाइल प्रहार

kharibot

काठमाडौँ । इराकको उत्तरमा स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरमा रहेको अमेरिकी वाणिज्य दूतावासमा १२ मिसाइल प्रहार गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विस्फोटको आवाज सुनिएको थियो ।

यद्यपी यी क्षेप्यास्त्रको निशाना के थियो भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राज्य समाचार एजेन्सीले कुर्दिस्तानको काउन्टर टेररिज्मका महानिर्देशकलाई उद्धृत गर्दै इरबिललाई लक्षित गरी इराक बाहिरबाट १२ ब्यालेस्टिक मिसाइल प्रहार गरिएको बताएको छ ।

रोयटर्सका अनुसार यसअघि कुर्दिश अधिकारीहरूले एर्बिलमा धेरै रकेट खसेको बताएका थिए ।

यसैबीच, समाचार एजेन्सी एएफपीका अनुसार काउन्टर टेररिज्मले यी मिसाइलहरू पूर्वबाट आएको बताएको छ । एएफपीले यसबाट केही क्षति भएको तर कुनै पनि जनधनको क्षति नभएको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसलाई ‘क्रूर आक्रमण’ भनेका छन् ।

एएफपीका अनुसार विगतमा इराकमा अमेरिकी नेतृत्वको गठबन्धन सेनामाथि रकेट र ड्रोन आक्रमण भएका छन् ।

अमेरिकाले यी मिसाइलहरू इराकको छिमेकी इरानबाट प्रहार गरेको आरोप लगाएको छ । आक्रमणमा हालसम्म कुनै हताहतीको खबर आएको छैन ।

यसअघि सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हमलामा इरानको रिभोलुसनरी गार्डका दुई सदस्यको मृत्यु भएको थियो । त्यसबेला इरानले आक्रमणको कडा निन्दा गर्दै यसको बदला लिने बताएको थियो ।

रोयटर्सका अनुसार पछिल्लो पटक सन् २०२० को जनवरीमा अमेरिकी सुरक्षा बलहरूमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको थियो। अमेरिकी आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि यो हमला गरिएको हो ।

त्यसबेला कुनै पनि अमेरिकीले ज्यान गुमाएको थिएन तर टाउकोमा चोट लागेको थियो ।

इराक र सिरिया प्रायः अमेरिका र इरानबीचको भिडन्तको निशाना बनेका छन्। इरान समर्थित शिया मिलिशियाहरूले दुवै देशमा अमेरिकी सुरक्षा बललाई निशाना बनाइराखेका छन् र अमेरिकाले पनि बदलास्वरूप हवाई हमला गर्ने अनुमान गरिएको छ ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै