• २०८१ बैशाख १७ सोमबार

रुसले खतरानक मिसाइल सरमतलाई तयारी अवस्थामा राख्यो

kharibot

काठमाडौँ । युक्रेन युद्धको बीचमा रुसले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल आरएस–२८ सरमतलाई युद्धका लागि तयार राखेको छ ।

रुसको अन्तरिक्ष एजेन्सीका प्रमुखले यो जानकारी दिएका हुन् । यो मिसाइललाई विश्वकै सबैभन्दा घातक मिसाइल मानिन्छ । यसमा एकै साथ १० वटा आणविक वारहेडहरू जडान गर्न सकिन्छ र आवश्यकताको समयमा फरक-फरक दिशामा फायर गर्न सकिन्छ ।

रुसको नलेज सोसाइटीको एक कार्यक्रममा एजेन्सीका प्रमुखले रुसले सरमतलाई लडाईमा खटाएको बताए । तर, कहिले र कहाँ खटाइएको हो भन्नेबारे केही जानकारी दिइएको छैन । 

सरमत मिसाइल पहिलो पटक २० अप्रिल २०२२ मा सुरु भएको थियो । यो युक्रेन युद्ध सुरु भएको केही दिन पछि मात्र परीक्षण गरिएको थियो । यो परीक्षण रुसको अर्खांगेल्स्क प्रान्तमा गरिएको थियो । क्षेप्यास्त्रले रुसको पूर्वी भागमा रहेको कामचाटका प्रायद्वीपमा आफ्नो लक्ष्यलाई सफलतापूर्वक प्रहार गरेको थियो । पहिलो परीक्षणको एक वर्षपछि रुसले यस वर्ष पनि सरमत मिसाइलको परीक्षण गरेको थियो । जुन असफल भएको थियो ।

सरमत मिसाइलको कुल लम्बाइ ३५ मिटर अर्थात् ११५ फिट रहेको छ । यो क्षेप्यास्त्रको दायरा १८ हजार किलोमिटर छ र यो विश्वको कुनै पनि भागमा परमाणु हमला गर्न सक्षम छ । यो मिसाइल एकै साथ १० भन्दा बढी आणविक वारहेड र १६ वटा साना आणविक वारहेड बोक्न सक्षम छ । मिसाइलको कुल वजन २०० टन भन्दा बढी छ, जसमा १७८ टन इन्धन छ । यी क्षेप्यास्त्रहरू१९८० मा निर्मित रूसको पुरानो आइसीबिएम मिसाइलहरू प्रतिस्थापन गर्न डिजाइन गरिएको थियो ।

सरमत मिसाइललाई पश्चिमी देशका विश्लेषकहरूले शैतान–२ नाम दिएका छन् । यो मिसाइल निर्माणको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०१८ मा गरेका थिए । यो मिसाइलमा तरल इन्धन प्रयोग गरिएको छ । गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरमत मिसाइल सन् २०२२ को अन्त्यसम्ममा तैनाथ हुने बताएका थिए । पुटिनले रुसमा आक्रमण गर्नुअघि कसैले पनि दुईपटक सोच्नुपर्ने बताएका थिए ।

रुसले झण्डै ३० वर्षपछि तरल इन्धन आइसीबीएम मिसाइल विकास गरेको छ । यसको डिजाइन मेकेभ रकेट डिजाइन ब्यूरोले बनाएको हो। यसको सबैभन्दा विशेष र खतरनाक कुरा १० एमआइआ भी को उपस्थिति हो । एमआइआरभी भनेको मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रि-इन्ट्री भेहिकल हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय