• २०८१ बैशाख १६ आइतबार

रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनको मिसाइल प्रहार

kharibot

कीभ । युक्रेनले रुसको कब्जामा रहेको क्रिमियामा रहेको ब्ल्याक सी नौसेनाको मुख्यालयमा मिसाइल आक्रमण गरेको छ । 

हालै युक्रेनले क्राइमियाका धेरै लक्ष्यलाई निशाना बनाएर मिसाइल प्रहार गरिरहेको छ।

सो  हमलाको जानकारी दिँदै रुसले मिसाइल आक्रमणपछि एक रुसी सैनिक बेपत्ता भएको बताएको छ । बीबीसीका अनुसार क्रिमियाको सेभास्टोपोल क्षेत्रमा रहेको एउटा भवनमा धुवाँको बादल देखिएको छ ।

युक्रेनी सेनासँग सम्बद्ध स्ट्र्याटकम युक्रेनले नौसेना आधारमा सफलतापूर्वक आक्रमण गरेको बताएको छ । युक्रेनको वायुसेनाका कमाण्डर जनरल माइकोला ओलेश्चुकले टेलिग्राममा भने, ‘हामीले तपाईलाई त्यहाँ थप आक्रमणहरू हुनेछन् भनेर बतायौं।’ युक्रेनले अहिले क्रिमिया क्षेत्रमा लगातार आक्रमण गर्ने योजना बनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की आक्रमणको बीचमा क्यानडा भ्रमणमा छन्। त्यहाँ उनले युक्रेनलाई सहयोग गरेकोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै