• २०८१ बैशाख १५ शनिबार

जेलेन्स्कीलाई शरण दिने प्रस्ताव बारे छलफल भयो, तर उनले अस्वीकार गरे- जोन्सन

kharibot

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन् ।

जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक "निक्कै आकर्षक व्यक्तित्व  भएको र  प्रेरणाको स्रोत पनि साबित भएका छन्।" 

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो, तर ‘भोलोडिमिर सधैं स्पष्ट रहेका छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।"

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि  गत फेब्रुअरी  २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

यता रुसले भने विशेष अपरेशनको उद्देश्य युक्रेनलाई असैन्यीकरण र "डिनाजिफाइ" गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ - नागरिक जनसंख्या खतरामा छैन । मस्कोले बारम्बार जोड दिँदै भनेको छ उसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, "जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन् ।"

रुसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू र संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै