• २०८१ बैशाख २१ शुक्रबार

थाईल्याण्डमा माल र सेवाहरूको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’ प्रतिबन्ध

kharibot

बैंकक । थाइल्यान्डको धितोपत्र नियामकले निकायले बुधबार वस्तु तथा सेवाको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’को प्रयोगमा रोक लगाएको घोषणा गरेको छ ।

अप्रिल १ देखि लागू हुने गरिएको घोषणाले क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि भने प्रतिबन्ध लगाएको छैन । स्थानीय स्तरमा क्रिप्टोकरेन्सीको प्रवद्र्धन भएपछि यो वर्ष उक्त सेवाले झन् लोकप्रियता पाएको थियो ।

धितोपत्र तथा विनिमय आयोगले मुलुकको वित्तीय तथा मौद्रिक प्रणालीको स्थायित्वलाई सम्पत्ती शुद्धिकरण तथा अन्य साइबर अपराधलगायतका खतराबाट जोगाउनका लागि कारबाही गरिरहेको बताएको थियो ।

विनियमले विशेष गरी त्यस उद्देश्यका लागि सफ्टवेयर र उपकरणहरूको वितरणसँगै भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रवर्धनलाई पनि प्रतिबन्ध लगाएको छ ।

साथै, डिजिटल मुद्रा व्यवसायका सञ्चालकहरूले आफ्ना ग्राहकहरूलाई प्रतिबन्धबारे जानकारी गराउनुपर्ने र यदि तिनीहरूले नियम उल्लंघन गरेमा तिनीहरूको खाता निलम्बन गर्नुपर्ने बताइएको छ ।

यो प्रतिबन्ध पालन गर्न व्यापारीहरूले अप्रिलको अन्तसम्म नै लगाउनसक्ने अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै