काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी घटाएको छ ।
गएराती भएको खेलमा एथलेटिक क्लबलाई २-० ले पराजित गर्दै एथलेटिकोले बार्सिलोनासँगको अन्तर ७ अंकमा घटाएको छ ।
शिर्ष स्थानमा रहेको बार्सिलोना २४ खेलमा ६२ अंकसहित शिर्ष स्थानमा छ भने एथलेटिको म्याड्रिड २४ खेलमा ५५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
एथलेटिकोको जितमा केभिन गमेरियो र डिएगो कोष्टाले एक एक गोल गरेका थिए । एथलेटिको फर्किए पछि कोष्टाले खेलेका ८ खेलमा ४ गोल र २ असिस्ट गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।