• २०८१ बैशाख १७ सोमबार

युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा

kharibot

बुचा । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छन् ।

रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनि रुस पुगेको जनाइएको छ । 
युक्रेनको बुच भन्ने सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्थलगत अवलोकन गरेकी छन् । 

स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको जानकारी दिइन् ।

उलने घटनास्थलमा मानव अधिकारको चरम उलंघन भएको र मानवीय संकट रहेको पनिबताइन् ।

बुचमा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउदै लड्नु पर्नेमा पनि उनले  जोड दिइन् ।

अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भत्सर्ना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चत गर्न पनि माग गरिन् ।

“यहाँ हामीले कल्पना पनि नगरेको घटना भएको रहेछ, यो घटना अत्यन्त निन्दनीय छ, घटनामा संलग्नलाई कारबाही हुनुपर्दछ,” उनले भनिन् ।

रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गरेको छ । आक्रमणका कारण दुवै तर्फका गरेर अहिलेसम्म सयौँको मृत्यु भइसकेको दाबी गरिएको छ । 

रुसले आक्रमण गरेर गलत गरेको भन्दै विश्वभरीबाट विरोध भएको छ भने तत्काल वार्तामार्फत विवाद अन्त्य गर्न सबै पक्षले अनुरोध पनि गर्दै आएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै