• २०८१ बैशाख १७ सोमबार

फुटसल एसियन कप- नेपाल उज्वेकिस्तानसँग ५–१ गोलले पराजित

kharibot

काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ ।

कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे ।

नेपालका मणि लामाले एक मात्र गोल फर्काए ।

एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले पहिलो हाफमै तीन गोल गरेको थियो । नेपालले दोस्रो हाफमा एक गोल फर्कायो । 

खेलको दोस्रो मिनेटमै निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए । ११औँ मिनेटमा अकबरले दोस्रो गोल गरे भने इख्तियोरले १६ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछि पर्याे । 

२८ मिनेटमा रिवाउण्ड बलमा मणिले गोल गर्दै अग्रता ३–१ मा झारे । ३२ मिनेटमा इख्तियोरले व्यक्तिगत तेस्रो गोल गरे भने एब्बोसले ४०औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को सहज जित दिलाए । 

समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २९ चैतमा अफगानिस्तानसँग खेल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै