• २०८१ जेठ १ मंगलबार

मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान

kharibot

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका  गएकी हुन् ।

उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव  विष्णुप्रसाद शर्माले जानकारी दिए यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए ।

मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी हुने छन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै