• २०८१ बैशाख १७ सोमबार

संसद भित्रै राप्रपाले जात्रा देखायो- झाक्री

kharibot

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको आलोचना गरेकी छिन् । 

संसद भित्रै संविधानबिरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति जनाइन् ।

बुधवार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले जनतालाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोबिरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन् ।

सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुनेगरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहो¥याइन् । उनले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन् । 

सचिव झाँक्रीले भनिन्, ‘अब जिम्मेवारपूर्ण ढंगले अघि बढ्ने हो कि भन्ने लाग्छ । हाम्रा दलहरुका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन् । संसदमा जात्रा देखिएको छ । व्यवस्थाका बिरुद्धमा विषवमन गरिएको छ । त्यही संविधानका बिरुद्ध विषवमन गरिएको छ । यसले जनतालाई निराश बनाएको छ । अहिले यसो गर्नका लागि अब धेरै कुरा बाहिर बोलेर होइन । चेन्ज हुने गरी गर्नुपर्दछ ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुनेगरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताइन् । उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै