• २०८१ बैशाख १७ सोमबार

विश्वदेवले कुटाइ पनि खाए मेयरको टिकट पनि गुमाए

kharibot

गोरखा । नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेको विश्वदेव श्रेष्ठले अन्तिममा टिकट गुमाएका छन् ।

उनले टिकट मात्रै गुमाएनन् कुटाइ पनि खाएका छन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै विरोधी कार्यकर्ताले हातपात गरेका थिए । 

यसअघि हालका मेयर राजनराज पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै कांग्रेस कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा तालबान्दी समेत गरेका थिए ।

विवाद बढ्दै गएपछि पन्तलाई नै उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै