मुम्बई । बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।
वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
हृदयघात हुँदा श्रीदेवीसँग उनका पति बोनी कपुर र उनकी छोरी खुशीसँगै रहेको बताइएको छ ।
५४ बर्षिय अभिनेत्री श्रीदेवीको निधन पछि बलिवुडमा शोक छाएको छ । बलिवुडका कैयौ कलाकारले श्रीदेवीको अचानक निधन प्रति शोक व्यक्त गरेका छन् । अभिनेत्री प्रियंका चोपडाले कालो दिन भन्दै आफूसँग यतीबेल कुनै शब्द नाबह्येको बताएकी छन् । त्यस्तै अभिनेत्री सुस्मिता सेनले आफुले यो खबर विस्वास गर्न नसकेको भन्दै आफु रोइरहेको बताएकी छन् ।
सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षको उमेर देखि नै तमिल चलचित्र उद्योगमा अभिनय सुरु गरेकी थिइन् ।
३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी श्रीदेवीका नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज, चादनी जस्ता दर्जनौ सुपर हिट चलचित्र रहेका छन् । पछिल्लो समय पनि अभिनयमा व्यस्त रहेकी श्रीदेवीको पछिल्लो फिल्म मम प्रदर्शनमा आएको थियो ।
भारतकी पहिलो 'महिला सुपरस्टार' का रुपमा आफ्नो छबि बनाएकी श्रीदेवी उनी बाल कलाकारको रुपमा सन् १९७५ मा ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् ।