• २०८१ बैशाख १५ शनिबार

श्रीदेवीको इच्छा पुरा गर्दै बोनी कपुर 

kharibot

मुम्बई। बलिवुड निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको इच्छा पुरा गर्ने भएका छन् । बोनीले श्रीदेवीको इच्छा अनुसार तामिल निर्माण गर्ने भएका हुन्। 

श्रीदेवीले तामिल फिल्म निर्माण गर्न चाहन्थिन्। उनको इच्छा पुरा गर्न बोनीले २०१६ को चर्चित हिन्दि फिल्म पिङ्कको रिमेक तामिलमा गर्ने भएका छन्।  एक अन्तर्वार्ताका क्रममा बोनीले आफुले तामिल भाषामा पिङ्कको निर्माण गर्ने।  फिल्म २०१९ मा रिलिज हुनसक्ने बताइएको छ। तामिलमा फिल्मको नाम 'थाला' हुने बताइएको छ। 

पिङ्कमा महानायक अमिताभ बच्चन, तपसी पन्नुको मुख्य अभिनय रहेको थियो। फिल्मले सो बर्षको उत्कृष्ट फिल्मको नेशनल अवार्ड समेत जितेको थियो। साथै यसको तामिल रिमेकबाट बोनी कपुर तामिल फिल्म उद्योगमा डेभ्यु गर्न लागेका छन्। 

गत फेब्रुअरीमा दुबईमा ५४ बर्षिय अभिनेत्री श्रीदेवीको एक होटलमा निधन भएको थियो।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै