• २०८१ बैशाख १७ सोमबार

इटालीले जफत गर्यो पुटिनको सुपरयाच !

kharibot

काठमाडौँ । इटालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएको कथित सुपरयाचलाई बन्दरगाह छोड्नबाट रोक्न आदेश दिएको छ । इटालीको अर्थमन्त्री ड्यानियल फ्रान्कोले सुपरयाचको मालिक रुसी सरकारसँगको सम्बन्ध रहेको र युरोपेली संघको प्रतिबन्धको अधीनमा रहेको प्रमाणका आधारमा उक्त सुपरयाटलाई निलम्बन गर्न आदेश दिएको बताएका छन् ।

सुपरयाचको मालिकको पहिचान खुलाइएको छैन, तर युरोपेली संघले सम्बन्धित व्यक्तिलाई प्रतिबन्धित सूचीमा राख्न आग्रह गरेको छ । यस सुपरयाचलाई अर्को कारबाही नभएसम्म नियन्त्रणमा लिइएको छ । यो सुपरयाचको लागत करिब ७०० मिलियन डलर रहेको बताइएको  छ । उक्त जहाजलाई किनारा छाड्ने जानकारी प्राप्त हुनासाथ आदेश जारी गरिएको थियो । रुसी राष्ट्रपति पुटिनसँगको कथित सम्बन्धका कारण सेहरजाद मार्चदेखि अनुसन्धानको दायरामा छन्।

धेरै रिपोर्टहरूले यो याछ रूसी ऊर्जा विशाल रोसनेफ्टका पूर्व प्रमुख एडवार्ड खुदाइनाटोभको रहेको बताएका छन् । लक्जरी सुपरयाच मर्मत गर्ने इटालियन सी ग्रुपका प्रवक्ताले सुपरयाच अहिले मर्मत भैरहेको र जुन मध्यमा छोड्ने तालिका भएको बताएका छन् । पूर्व रुसी राजनीतिज्ञ सुलेमान केरिमोभको ‘अमेडिया’ याट शाहरजाद अघि जफत गरिएको थियो । अमेरिकी ट्रेजरी डिपार्टमेन्टको स्वीकृतिपछि यो कारबाही गरिएको हो ।

पुटिनकी प्रेमिकालाई प्रतिबन्ध लगाइदै 

युरोपेली संघले रुसमाथि प्रतिबन्धको नयाँ सूची प्रस्ताव गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका एलिना काबाएभाको नाम पनि यो सूचीमा परेको छ । रुसको प्रचारप्रसारमा उनको भूमिका र पुटिनसँगको घनिष्ठ सम्बन्धका कारण युरोपेली संघले प्रतिबन्ध लगाउन सक्छ । उनलाई प्रतिबन्ध लगाइयो भने उनी युरोपियन युनियनमा जान पाउने छैनन् । यसका साथै यदि उनीहरुको कुनै सम्पत्ति युरोपेली संघको देशमा छ भने त्यो पनि जफत गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै