• २०८१ बैशाख १६ आइतबार

आइबा बक्सिङ- पुनम पराजित

kharibot

काठमाडौं । टर्कीको ईस्तानबुलमा जारी आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको नेपालकी पुनम रावल पराजित भएकी छन् । 

महिला ५७–६० केजी तौलसमूहमा भएको खेलमा पुनम ग्रिसकी कानी मारिआलासँग पराजित भएकी हुन् । 

पहिलो राउण्डदेखि नै आक्रामक रूपमा खेल्ने प्रयास गरेकी पुनम टेक्निकल रूपमा अव्वल तथा अग्लो कदकी  मारिआलासँग पराजित भएकी थिइन् । 

मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म अग्रता कायम गर्दै युनानिमस डिसिजनको आधारमा ५ दशमलव ० को नतिजाले खेल आफ्नो पक्षमा पारेकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै