• २०८१ बैशाख १७ सोमबार

निम्नवर्गलाई माथि उकास्ने बजेट ल्याउन सांसद डा. डिला संग्रौला सुझाव

kharibot

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले  आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने खालको बजेट निर्माण हुनुपर्ने बताएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै निम्नवर्गलाई माथि उकास्ने खालको बजेट ल्याउन सुझाव दिएकी हुन् ।

सांसद संग्रौलाले बजेटले प्रत्येक नागरिकलाई आफ्नो देश प्रतिको राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र मजबुत बनाउन सक्नु पर्नेमा जोड दिएकी छन् । 

सांसद संग्रौलाले बजेटमा निम्न बमोजिममा सुझाव दिएकी छन्- 

- बजेट आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने खालको हुनुपर्छ । धनी र गरिबको खाडल कम गर्न करको समुचित व्यवस्थापन गर्न सक्नु पर्दछ । 

- उत्पादनमा वृद्धि गर्ने, रोजगारी बढाउने, आयात घटाउने र निर्यात बढाउने खालको बजेट तर्जुमा हुनु पर्दछ । स्वदेशी उत्पादनलाई प्रोत्सहान र विलासीलता वस्तुहरुको आयातलाई हतोत्साही बनाउन जरुरी छ । 

- उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्दछ । 

- पूर्वाधार विकासलाई जोड दिदै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत, खानेपानी, सिंचाई, सडक, सामाजिक सुरक्षा र न्याय जस्ता कुराहरुलाई एकअर्कामा सामनजस्यता कायम गरी प्राथमिकताको आधारमा विकास गर्दै अर्थतन्त्र मजबुत बनाउन सक्नु पर्दछ । 

- बजेटले प्रत्येक नागरिकलाई आफ्नो देश प्रतिको राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र मजबुत बनाउन सक्नु पर्दछ । 

- आम्दानीको स्रोतहरुलाई व्यवस्थापन गर्दे अनुपात्दक खर्चलाई कटौती गर्न सक्नु पर्दछ । 

- सहयोग र अनुदानलाई लक्षित क्षेत्रमा कार्यान्वयन गर्दै भरसक ऋण लिने प्रवृत्तिलाई कम गर्दै जानु पर्दछ । 

- भ्रष्ट्राचार, कमिशन, चुहावट जस्ता कुरालाई रोक्न प्रभावकारी कदम ल्याउन आवश्यक छ । 

- युग अनुसारको नयाँ प्रविधिको विकास गर्दे हरेक क्षेत्रमा लागु गर्न आवश्यक छ । जलवायु परिवर्तन र विपद व्यवस्थापनमा विशेष जोड दिन सक्नु पर्दछ । 

-‘‘मेरो देश मैले नै बनाउनु हो’’ भन्ने कुरा प्रत्येक नागरिकमा ल्याउन सबै पक्षबाट इमान्दारिता हुनुृपर्ने सन्देश आगामी बजेटमा आउन जरुरी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै