• २०८१ बैशाख १५ शनिबार

नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

kharibot

अबुजा । यहाँका करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् ।

गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।

नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् । साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको छ ।

त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको । उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले अपहरण गरी लगेका थिए ।

ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै