विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्की जित नजिक पुगेका छन ।
अब ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जित नजिक पुगेका हुन् ।
कुल ८९ हजार ६७८ मत झरेको विराटनगरमा शुक्रबार साँझ सम्म ८२ हजार ५२७ मत गणना हुँदा गठबन्धनका कोइरालाले २७ हजार २६४ मत पाएका छन् । उनका प्रत्यासी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाएका छन् । गणना गर्न बाँकी रहेको मत भन्दा कोइरालाले पाएको मत अन्तर बढी भएकोले उनको जित सुनिश्चित भएको हो ।
त्यस्तै उपमेयरमा एमालेकी कार्कीले २३ हजार ६३१ मत पाउँदा गठबन्धनका अमरेन्द्र यादवले १३ हजार २३४ मत मात्र पाएका छन् ।
गणना गर्न बाँकी ७ हजार मात्र मत रहेको र कार्की १० हजारभन्दा बढी मत अन्तरले अगाडी रहेकोले कार्कीको जित सुनिश्चित भएको हो ।
प्रमुख निर्वाचन अधिकृत कार्यालयले शुक्रबार रातिसम्ममा गणना सकिने जनाएको छ ।