• २०८१ जेठ ६ आइतबार

अष्ट्रियाका राष्ट्रपतिद्धारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा

kharibot

भियना । अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

युरोपसँगै अष्ट्रियाले अस्थिरता र विविध जटिलता भोगिरहेकाले त्यससँग जुध्नका लागि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

कोरोना भाइरसको महामारी, त्यसले अर्थतन्त्रमा पारेको प्रभाव, रुस—युक्रेन युद्ध, जलवायु परिवर्तनलगायतका विषयलाई आफूले मुख्य चुनौतीका रुपमा हेरेको ७८ बर्षीय बेलेनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “मेरो अनुभवलाई अझ एक कार्यकाल देशका लागि प्रयोग गर्न चाहन्छु, त्यसका लागि म अहिले रहेको पदमा दोहोरिन चाहन्छु ।”

अष्ट्रियामा यही बर्षको अन्त्य तिर राष्ट्रपतीय निर्वाचन हुने तय भएपनि मिति भने यकिन भइसकेको छैन ।

त्यसैगरी उनीसंग अर्को प्रतिश्पर्धी को हुन्छ भन्ने पनि स्पष्ट भइनसकेको समाचारमा जनाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै