• २०८१ बैशाख १४ शुक्रबार

बेन्जमा बने च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन

kharibot

काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जमाले यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

फेडेरेसन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए) ले मंगलबार बेन्जमालाई च्याम्पियन्स लिग प्लेयर अफ द सिजन' को अवार्ड दिएको हो । प्राविधिक अब्जर्भरको प्यानलले यो निर्णय गरेको युइएफले जनाएको छ ।

बेन्जमाले रियल म्याड्रिडलाई १४औँ र आफ्नो व्यक्तिगत पाँचौं च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा सर्बाधिक १५ गोल गरेका थिए । उनको क्यारियरमा पहिलो पटक उनी च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै बेन्जमा च्याम्पियन्स लिगको अल टाइम गोल स्कोररको सूचीमा पनि रोबेर्ट लेवानडोस्कीसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेका छन् । बेन्जमा र लेवानडोस्कीले ८६-८६ गोल गरेका छन् । यस सुचीमा १२५ गोल गरेका लियोनेल मेसी दोस्रो स्थानमा छन् भने १४० गोल गरेका क्रिस्टियानो रोनाल्डो शिर्ष स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै