• २०८१ बैशाख १७ सोमबार

कामना सेवा विकास बैंकद्वारा १४ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

kharibot

काठमाडौँ l कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको मिक्लाजुङ धोबेनी बजारमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

मिक्लाजुङ धोबेनी बजार स्थित सिमन इन्टरप्रइजेजका प्रोपाइटर गणेश प्रसाद भट्टराईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । धोबेनीका वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको थियो । 

उक्त शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै