काठमाडौँ । जेजीआइ नेपाल फाउण्डेसनले संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत कार्य सम्पादन गर्न नेपाली सेनाको हिमाल सफाइ अभियानलाई १५ लाख सहयोग स्वरुप प्रदान गरेको छ ।
नेपाली सेनाले अन्य सरकारी निकाय, र निजी क्षेत्रहरुसंगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ । यसै गरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको चार हिमालय ( सगरमाथा, ल्होत्से, कञ्चनजङघा र मनास्लुबाट) ३५ टन हिमाली फोहोर संकलन गरी पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ ।
जेठ २२ गते विश्व वातावरण दिवसको दिन यो हिमाल सफाइ अभियान २०२२ सफलता पुर्वक सम्पन्न भएको थियो । जे जीआइ नेपाल फाउण्डेसनका विजयकुमार शाह र जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत कार्य गर्नका निमित्त स्थापना गरेको संस्था हो । शिक्षा, स्वास्थ्य,खेलकुद, सामाजिक सहयोग, लैङ्गिक समानता र वातावरणको क्षेत्रहरुमा यस संस्थाले मद्दत गर्नेछ ।