• २०८१ बैशाख २१ शुक्रबार

पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्धारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

kharibot

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् ।

अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेबारी लिन नपाई प्रधानमन्त्री पदबाट वाहिरएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका छन् । 

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे ।

अहिले भइरहेको गठवन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असंभव रहेको उनको भनाई छ । 

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे ।

उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।  

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्बोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए ।

आफुले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै