• २०८१ बैशाख २१ शुक्रबार

असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायतकी गृहमन्त्रीको आदेश

kharibot

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकामा सुपुर्दगी हुने भएका छन् । बेलायतकी गृहमन्त्री प्रिती पटेलले असान्जलाई अमेरिका सुपुर्दुगी गर्ने आदेशमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ ।

यसअघि गत बैशाखमा लन्डनस्थित एक अदालतले असान्जको सुपुर्दुगीको आदेश स्वीकृतिको लागि बेलायती सरकारलाई पठाएको थियो ।

गृहमन्त्रीले असान्जलाई सुपुर्दुगी गर्न आदेश दिएपनि असान्जले सो आदेशविरुद्ध १४ दिनभित्र अपिल गर्न सक्ने व्यवस्था रहेको छ ।

विकिलिक्सले २०१० मा हजारौं फाइलहरू र कूटनीतिक केबलहरू प्रकाशित गरेपछि उनी अमेरिकामा १८ आपराधिक आरोप लगाइएको छ । अमेरिकाले लगाएका आरोपमा असान्ज दोषी ठहरिए १७५ वर्ष जेल सजाय हुने बताइएको छ ।

असान्ज २०१७ मा इक्वेडोरको दूतावासबाट बाहिर निकालिएपछि लन्डनस्थित जेलमा नै रहेका छन् । 

असान्जले यस अघि सात वर्षसम्म इक्वेडरको दूतावासमा कूटनीतिक शरणमा बसेका थिए । जनवरी २०२१ मा, मजिस्ट्रेटको अदालतको फैसलाले असान्जलाई उनको मानसिक स्वास्थ्यको कारण देखाएर सुपुर्दगी गर्न नसकिने आदेश दिएको थियो ।

तर उच्च अदालतले डिसेम्बरमा उक्त निर्णयलाई उल्टाउँदै असान्जलाई त्यहाँ उनको उपचारको बारेमा अमेरिकी सरकारले दिएको आश्वासनको आधारमा अमेरिका सुपुर्दगी गर्न सकिने बताएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै