काठमाडौं । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।
आज बिहान १ बजे बस्ने भनिएको बैठक भोलि विहिबार ११ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
यस अघि मंगलबार ११ बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आज १ बजे बस्ने बताइएको थियो ।