• २०८१ बैशाख १७ सोमबार

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

kharibot

काठमाडौँ ।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै कम्पनीको स्वाप रेसियो १: १ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । 

मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै