• २०८१ बैशाख १७ सोमबार

साउदी अरब इरानसँग राजनीतिक सामान्यीकरणका लागि वार्ता गर्न तयार

kharibot

तेहरान । इरान र साउदी अरेबिया दुवैले राजनीतिक तहमा वार्ता सुरु गर्न तत्परता व्यक्त गरेको इरान फ्रन्ट पेज (आइएफपी) ले शुक्रबार जनाएको छ ।    

इरानका विदेशमन्त्री होसिन आमिर–अब्दोलाहियनले सम्बन्ध सामान्य बनाउन इरान र साउदी अरेबिया दुवैले राजनीतिक तहमा वार्ता सुरु गर्ने भएका बताए ।

इरानका विदेशमन्त्री होसिन आमिर–अब्दोलाहियनले सम्बन्ध सामान्य बनाउन इरान र साउदी अरेबिया दुवैले राजनीतिक तहमा वार्ता सुरु गर्ने भएका हुन् ।

दुई पक्षबीच इराकका भएको विगत पाँच चरणको वार्तामा केही प्रगति भएको बताइएको छ । यो वार्ता मुख्यतः सुरक्षाका विषयमा केन्द्रित गरिएको थियो ।

इराकी विदेशमन्त्री फुआद हुसेनले हालै ‘सार्वजनिक तथा राजनीतिक तह’मा भएको वार्ताका लागि रियादले तत्परता व्यक्त गरेको छ ।

उनले भने, “हामीले वार्ताको राजनीतिक चरणमा प्रवेशका लागि पनि तत्परता व्यक्त गरेका थियौं जसले अन्ततः साउदी अरब र इरानबीच सामान्य कूटनीतिक सम्बन्ध पुनः सुरू हुनेछ ।”

राष्ट्रपति इब्राहिम रायसीले क्षेत्रीय कूटनीतिको प्रवद्र्धधन गर्ने विषयमा पनि विस्तृत विवरण दिएका इरानका विदेशमन्त्रीले जानकारी गराएका छन् । उनले संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतले पनि तेहरानमा आफ्ना राजदूत पठाउने निर्णय गरेको बताए । 

सन् २०२१ मा पदभार ग्रहण गरेपछि रायसीले अरब क्षेत्रीय मुलुकसँग सम्बन्ध बलियो बनाउने प्रयास गर्दै क्षेत्रीय कूटनीतिलाई सक्रिय बनाउन आफ्नो ‘छिमेकी–पहिलो नीति’ घोषणा गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै