• २०८१ बैशाख १४ शुक्रबार

मेसी बार्सिलोनामा दोस्रो मौका पाउन लायक छन्- जाभी

kharibot

काठमाडौँ । मुख्य प्रशिक्षक जाभी हर्नानडेजले लियोनेल मेसीले बार्सिलोनामा फेरी खेल्ने विश्वास व्यक्त गरेका छन् ।

हाल अमेरिकामा प्रि-सिजन टूरमा रहेको बार्सिलोनाको खेल अघिको प्रेस कन्फेरेन्समा बोल्दै जाभीले बार्सिलोनामा मेसीको समय अझै नसकिएको बताएका हुन् ।

उनले मेसीले बार्सिलोनामा दोस्रो मौका पाउने बताउदै त्यो अर्को बर्ष हुनसक्ने बताए । उनले भने- 'मलाई विश्वास मेसीको समय सकिएको छैन । मलाई लाग्छ, उनले बार्सिलोनामा दोस्रो मौका पाउन योग्य छन् र त्यो अर्को बर्ष हुनसक्छ ।'

जाभीले अहिले बार्सिलोनाको टिम पुनर्निर्माण भइरहेको बताउदै आउदो सिजनमा उपाधि जित्ने बताए । उनले गत सिजनमा जहाँ गल्ति भयो आउदो सिजनमा त्यहि करेक्सन गरेर उपाधि जित्ने बताए ।

उनले अहिलेको बार्सिलोनाको टिममा आफुलाई पुरै विश्वास रहेको समेत बताए ।

यस अघि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पनि मेसीको क्यारियरको अन्त्य बार्सिलोनाकै जर्सीमा होस् भन्ने आफुले चाहेको बताएका थिए । बार्सिलोनाका अध्यक्ष र प्रशिक्षक जाभीको अभिव्यक्तिले आउदो सिजनको अन्त्यपछि मेसी बार्सिलोना फर्किने सम्भावना बढेको छ ।

मेसीको आउदो जुनसम्म मात्र पिएसजीमा सम्झौता रहेको छ ।             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै