• २०८१ बैशाख १५ शनिबार

रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार छ- बाइडेन

kharibot

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् । 

'आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ । तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,' बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।

रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छ, उनले भने । उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका छन् । 

'चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र  पी-५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ, जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ । हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन,' राष्ट्रपति बाइडेनले भनेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै