काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापति शर्माले सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच थापा र पौडेललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नती भएका उपरथी सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।
सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका ३ जना महासेनानीहरु र महासेनानी दर्जामा पदोन्नती भएका जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।