• २०८१ बैशाख १६ आइतबार

‘मिस्टर एन्ड मिस थारु’ मा २५ प्रतियोगी छनोट

kharibot

काठमाडौं । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् ।

सात जिल्लाका प्रमुख सहरहरूमा सकिएको अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएका हुन् । गत २१ साउनमा चार र मंगलबार थप तीन जिल्लामा अडिसन सम्पन्न भएको छ ।

मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरी तीनजना छनोट भएका छन् । छनोट हुनेमा प्रविनकुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी छन् ।

यस्तै लहान अडिसनबाट पनि तीनजना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी छन् । टीकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् ।

गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी भएकामा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् । वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीनजना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी चारजना छनोट भएका छन् ।

नेपालगञ्जमा अडिसनमा आशीष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरी ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन २८ साउनमा काठमाडौँ, बुटवल र दाङमा हुनेछ । यस अडिसनपश्चात छनोट भएकालाई काठमाडौंमै राखेर प्रशिक्षण दिइने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै