• २०८१ बैशाख १६ आइतबार

टुबोर्ग ओपन २०२२ मा संग्लन हुन ईर्मजिङ्ग कलाकार भेकले पाए मौका

kharibot

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय वियर ब्रान्ड टुबोर्ग र संगीतको कयौ वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलि आइरहेको छ । टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ ।

यसै सम्बन्धि गत ५ वर्ष देखी टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौ राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुसगँ संङ्गलग्न भई संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेको छ । टुबोर्गले नेपालमा मात्र नभैई भारत, चिन, टर्की, सेर्बिया लगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तराष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलियेका विभिन्न देशमा छैटौं पटक हुदै छ भने नेपालमा यो पाँचौ पटक हुनेछ ।

टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम भने “टेक द स्टेज” भनेर छ जस्मा अन्तराष्ट्रिय विश्वप्रख्यात कलाकारले उभर्दो स्वदेसी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनिहरुलाई संगीतको मुल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन् ।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । उनीसँगै जोडिएका छन् नेपालका उदयीमान कलाकार भेक । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् ।  उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो । उनका थुप्रै गीत हिट छन् । जस मध्य केहि हिट गीत  “जलेबी बेबी”, “सवाल्लाब”, “सभाज लाभ ” हरु आदि हुन् ।

भेक नेपाली सांगितीक आकाशमा पछिल्लो पुस्ताका उदयीमान लोकप्रिय संगीतकर्मी हुन्। उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन् । उनको सबै भन्दा चर्चित गीतहरु मध्य “एकलै जिउन सिके”, “मायालु” , “लै बरी लैे” जस्ता गीतहरुले लाखौँ भ्युजनै काटेका छन् ।

गत महिना जसेन डेरुलोसगँ अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को एर्मजिङ्ग कलाकार भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्कीसकेका छन् । यो वर्षको लागि भेकले आफ्नो मेन्टरशिपद्वारा सिकेका ज्ञानहरुले एउटा नयाँ गीत बनाउन गैर्ईरहेका छन् जुन आउँदो केहि महिनामा बजारमा सर्वत्र उपलब्ध हुनेछ ।

गोर्खा ब्रिउरीका मर्केटिङ्ग डाईरेक्टर आशिष बिस्ट, भन्नु हुन्छ, “टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्र मा एकदम गहिरो छ । गत कैयौ बर्ष देखी यो अटुट सम्बन्ध अझै पनि कायम छ । चाहे त्यो संगीतको बिधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा ई.डि.म नै होस्, टुबोर्गले सधै संगीतलाई समर्थन गर्दै आऐको छ । यो पाली पनि सोही सम्बन्धलाई अगाडी लगी टुबोर्ग ले संगीतद्वारा देश तथा विदेशमा रहेका कलाकारहरु लाई जोड्न सफल भएका छन्” ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै